एमाले धनुषाको अध्यक्षमा भोला यादव निर्वाचित
धनुषा | जेठ ९, २०८२
धनुषा: नेकपा एमाले धनुषाको अध्यक्षमा भोला यादव निर्वाचित भएका छन् । धनुषा जिल्ला कमिटीको आठौँ अधिवेशन अन्तर्गत भएको मतदानमा एमाले केन्द्रीय सचिव रघुवीर महासेठ पक्षका यादव विजयी भएका हुन् ।
उनले आफ्ना प्रतिद्वन्द्वी लक्ष्मीनारायण यादवलाई पराजित गरेका हुन् । भोलाले ४०२ मत प्राप्त गर्दा लक्ष्मीनारायणले दुई सय मत पाएका छन् । लक्ष्मीनारायण केन्द्रीय सदस्य उमाशंकर अरगरियाको पक्षबाट उम्मेदवार बनेका थिए ।
अधिवेशनले उपाध्यक्षमा तेजनारायण यादव, सचिवमा दीपनारायण ठाकुर, उपसचिवमा सविनविक्रम थापालाई चयन गरेको छ । यस्तै, महिला उपसचिवतर्फ रुकाकुमारी मिश्र र लेखा समितिको संयोजकमा वीरेन्द्रलाल कर्ण निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
पाँच पदाधिकारीसहित १३५ सदस्यीय जिल्ला कमिटी चयन गर्न चुनाव भएको थियो ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

